Rule 22
दशैं खर्च
(१) व्यवस्थापकले प्रतिष्ठानमा काम गर्ने बालकलाई मासिक पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष घटस्थापनाको पन्ध्र दिन अगावै दशै खर्च वापत दिनु पर्नेछ ।(२) उपनियम (१) बमोजिम दशैं खर्च दिंदा बडा दशैंभन्दा अघिल्लो महिना भुक्तान भई नसकेको भए तापनि अघिल्लो महिनाको पारिश्रमिक समेत भुक्तानी दिनु पर्नेछ ।